Techie IT
२०८३ भाद्र २०, शनिबार

फेवातालमा कायकिङ गर्दा उदयपुरका युवाको डुबेर मृत्यु


पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेर उदयपुरका २१ वर्षीय आयुष तामाङको मृत्यु भएको छ। तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गरिरहेका बेला उनी अचानक तालमा डुबेका थिए।

घटनालगत्तै मानिस डुबेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वार्टर कालिकाअन्तर्गतको फेवा रेस्क्यु टावरबाट उद्धार टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गएको गोताखोरसहितको विशेष विपद उद्धार टोलीले आवश्यक सामग्रीसहित उनको खोजी कार्य तीव्र पारेको थियो।

सशस्त्र प्रहरीको टोलीले तालबाट उद्धार गरी तामाङलाई तत्काल उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट