Techie IT
२०८३ भाद्र २२, सोमबार

बेपत्ताको खोजी र विस्थापितको सुरक्षाका लागि सामुदायिक प्रहरी परिचालन


भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोज, उद्धार, राहत वितरण तथा विस्थापित नागरिकको जनधनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपाल प्रहरी प्रधान कार्यालयले प्रभावित जिल्लाहरूमा सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन परिपत्र गरेको छ।

बेपत्ता भएकाहरूको खोजी कार्यलाई पहिलो प्राथमिकतामा राख्दै बाढी प्रभावित क्षेत्रका नदी किनार, भग्नावशेष तथा सम्भावित अन्य स्थानहरूमा समेत सामुदायिक प्रहरीको टोली परिचालन गरी खोज अभियानलाई थप प्रभावकारी बनाउन परिपत्रमा विशेष जोड दिएको छ।

प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार प्रभावित नागरिकहरूको भावना बुझेर संवेदनशील व्यवहार गर्न, शव पहिचानमा सहजीकरण गर्न, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान, राहत तथा स्वास्थ्य उपचारमा सहायता पुर्‍याउन निर्देशन दिइएको छ। त्यसैगरी, यातायात सञ्चालनमा सहजीकरण, भिडभाड व्यवस्थापन र आपतकालीन अवस्थामा माइकिङमार्फत सूचना प्रवाह गर्नसमेत सामुदायिक प्रहरीलाई निर्देशन दिइएको छ।

विस्थापित नागरिकको जनधनको सुरक्षाका लागि क्षेत्रमा निरन्तर गस्ती तथा निगरानी बढाउन भनिएको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत संवेदनशील वर्गविरुद्ध हुन सक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारप्रति थप सचेत र जिम्मेवार भएर कार्य गर्न प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई कूटनीतिक रूपमा सचेत गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट