Techie IT
२०८३ मंसिर ११, बिहीबार

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते


साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक नेपालीको पहिचान भने खुलाइएको छैन ।

मन्त्रालयले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले विवाद र द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन तथा शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

गत नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित ‘किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट’ को एक टावरमा आक्रमण भएको थियो । साउदी नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट