Techie IT
२०८३ असार २५, बिहीबार

दिपावलीको लागि तार जोड्ने क्रममा करेन्ट लागेर सिंहको मृत्यु


सर्लाही, १५ कात्तिक — धनकौल गाउँपालिका-२ मन्त्री टोलका ३५ वर्षीय जितेन्द्र सिंहको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको छ।

स्रोतका अनुसार, जितेन्द्र सिंहले आफ्नो घरको छतमा दिपावलीको लागि तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई प्रादेशिक अस्पताल मलंगवा हुँदै काब्या अस्पताल जनकपुरमा थप उपचारको लागि पठाइएको थियो, तर त्यहाँ उपचारको क्रममा उनले ज्यान गुमाएका छन्।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट