Techie IT
२०८२ वैशाख २१, आइतबार

हरिहरपुरगढीमा चट्याङ लाग्दा तीन घाइते, एकको अवस्था गम्भीर


सिन्धुली सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लाग्दा तीन जना घाइते भएका छन्, जसमा एकजनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार घाइतेहरूमा ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा, र २६ वर्षीया फुलमाया रुम्बा रहेका छन् । सुकुमायाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेटौँडा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

महन्त रुम्बा र फुलमाया रुम्बाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको छ ।

आज साँझ अचानक परेको हावाहुरी, बर्सातसहितको चट्याङले जिल्लाका विभिन्न स्थानमा असर गरेको भए पनि क्षतिको पूर्ण विवरण प्राप्त नभएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

यसैबीच, हावाहुरीका कारण जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। विभिन्न स्थानमा विद्युत्का तार तथा खम्बामा क्षति पुगेपछि सेवा रोकिएको विद्युत् वितरण केन्द्र, सिन्धुलीले जनाएको छ। विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास जारी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट