Techie IT
२०८३ भाद्र १६, मंगलबार

म्याग्दी नदीमा बगेर ८ वर्षीय बालक बेपत्ता

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार खोजीकार्य म्याग्दी नदीको किनार क्षेत्रहरूमा जारी छ।


सांकेतक फोटो

म्याग्दी जिल्लाको मालिका गाउँपालिका-६ छ्यारछ्यारेमा म्याग्दी नदीले बगाउँदा ८ वर्षीय बालक बेपत्ता भएका छन्। शुक्रबार साँझ सवा ५ बजे मालिका गाउँपालिका-६ छ्यारछ्यारे र निस्कोट जोड्ने झोलुहङ्गे पुल नजिक पौडी खेल्न गएका बालकलाई नदीले बगाएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक सागर पटेलका छोरा सलमान पटेललाई नदीले बगाएको पुष्टि भएको छ। घटनास्थलमा बालकका चप्पल र कपडा फेला परेको थियो। भारी वर्षाका कारण शुक्रबार खोजी गर्न सम्भव नभए पनि शनिबार बिहानैदेखि इलाका प्रहरी र अन्य प्रहरी चौकीबाट टोली परिचालन गरी खोजी सुरु गरिएको छ।

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार खोजीकार्य म्याग्दी नदीको किनार क्षेत्रहरूमा जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट