Techie IT
२०८३ भाद्र १६, मंगलबार

जिप दुर्घटना, १ को मृत्यु, ६ घाइते


रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार, दुर्घटना आइतबार दिउँसो करिब १ बजे भएको हो। बा१८च १८३९ नम्बरको डबल क्याप बोलेरो जिप अनियन्त्रित भई करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनामा परी ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ। चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई गम्भीर घाइते अवस्थामा उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरुमा ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली, र सरिताकी पाँच महिनाकी छोरी रोनिषा छन्। सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट