Techie IT
२०८२ चैत्र ५, बिहीबार

अविरल वर्षाले काभ्रेको पनौतीमा बस्ती बगायो, ५ जना बेपत्ता


काभ्रेको पनौती नगरपालिका-११ थुम्की गाउँमा अविरल वर्षाका कारण आएको पहिरोले बस्ती नै बगाउँदा ३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। स्थानीय अर्जुन भण्डारीको पाँच जनाको परिवार सम्पर्कविहीन छन् । दुई अन्य घरका व्यक्तिहरू सुरक्षित स्थानमा रहेका छन्। पहिरो प्रभावित ८ घरमा मानिसको बसोबास नभएको बताइएको छ।

उद्धारका लागि प्रहरी तथा जनप्रतिनिधिहरू मौसमको प्रतिकूलताका कारण घटनास्थल पुग्न असमर्थ छन्। पनौती-१२ मा पनि पहिरोले घर पुरिँदा २ जनाको उद्धार गरिएको छ। अविरल वर्षाका कारण बाढी तथा पहिरोबाट व्यापक क्षति भएको जानकारी आइरहे पनि ठोस विवरण आइनसकेको पनौती नगरपालिकाका उप–प्रमुख गीता बञ्जाराले बताइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट