Techie IT
२०८२ चैत्र ५, बिहीबार

सर्लाहीमा झाझ खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु


सांकेतक फोटो

सर्लाही जिल्लाको बसवरिया गाउँपालिका-४ स्थित झाझ खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। आज साँझ गोनर्वाका निवासी सुरेन्द्र भण्डारीका छोरा चन्दन भण्डारीको नुहाउने क्रममा खोलामा डुबेर ज्यान गएको हो।

बालक डुबेर बेपत्ता भएपछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी उनलाई बरहथवा नगरपालिकास्थित हनुमन्त अस्पताल पुर्‍याएका थिए। अस्पतालमा चिकित्सकले बालकलाई मृत घोषणा गरेका छन्। 

बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दिवाकर गणेशले बताएका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट