Techie IT
२०८३ श्रावण ५, मंगलबार

सुनको मूल्यमा फेरि भारी वृद्धि


नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेको हो।

मूल्य वृद्धिसँगै यस दिन छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर प्रतितोला ४ हजार ३७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट