Techie IT
२०८३ भाद्र ६, शनिबार

अब घरमै बसेर एनएमबि बैंकको कर्जा पाइने


एनएमबि बैंकले डिजिटल रूपान्तरणको यात्रामा महत्वपूर्ण फड्को मार्दै 'अनलाइन लोन एप्लिकेसन' र 'ट्र्याकिङ' प्रणाली सञ्चालनमा ल्याएको छ । यससँगै ग्राहकले अब कर्जाका लागि बैंक धाइरहनुपर्ने र झन्झटिलो कागजी प्रक्रियाको सामना गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। 

बैंकको digi.nmb.com.np पोर्टलमार्फत ग्राहकले जुनसुकै स्थानबाट सजिलै कर्जा आवेदन दिन, फारम बुझाउनासाथ तत्काल 'ट्र्याकिङ आईडी' प्राप्त गर्न र आफ्नो आवेदनको अवस्था (Status) लाई सोही आईडीबाट सहजै निगरानी गर्न सक्नेछन्। 

नेपालमा कागजविहीन (Paperless) र प्रविधिमैत्री बैंकिङ सेवा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित ल्याइएको यो प्रणालीले कर्जा स्वीकृति प्रक्रियालाई थप छिटो, पारदर्शी र झन्झटमुक्त बनाएको छ। हाल देशभर १७८ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको यस बैंकले यस नवीन सेवामार्फत ग्राहकको बहुमूल्य समय बचत गर्दै उत्कृष्ट र दिगो बैंकिङ अनुभव प्रदान गर्ने विश्वास लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट