Techie IT
२०८३ असोज १४, बुधबार

नेपालले भारतलाई थप ८६ मेगावाट बिजुली बेच्दै


नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा बढी हुने विद्युत् भारततर्फ निर्यात गर्ने भएको छ। प्राधिकरणले आगामी दिनमा भारतको पावर एक्सचेन्ज बजारमार्फत ८५.६ मेगावाट बिजुली बिक्री गर्ने निर्णय गरेको हो।

वर्षायामका महिनामा आन्तरिक खपतभन्दा बढी हुने जगेडा विद्युत् भारतीय कम्पनी ‘टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेड’मार्फत भारतीय बजारमा बिक्री गर्न लागिएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिए।

प्राधिकरण सञ्चालक समितिको गत असार २५ गतेको बैठकले विद्युत् खरिद/बिक्री सम्झौता (PPA) को मस्यौदा स्वीकृतिका लागि विद्युत् नियमन आयोगको परामर्श लिई पुनः पेस गर्ने निर्णय गरेको थियो। आयोगले भदौ २ गतेको बैठकबाट यससम्बन्धी सहमति प्रदान गरेको थियो।

आयोगबाट सहमति प्राप्त भएपछि गत असोज ३ गते बसेको प्राधिकरणको बैठकले सम्झौताको मस्यौदा स्वीकृत गर्दै औपचारिक रूपमा बिजुली बिक्रीको निर्णय गरेको हो।

आयोगको सहमति लगत्तै प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आगामी १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्मका लागि ८५.६ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न सञ्चालक समितिमा प्रस्ताव पेस गरेका थिए। दुई पक्षको आपसी सहमतिमा भविष्यमा क्षमता थप गर्न सकिने प्रावधानसहितको उक्त मस्यौदा सञ्चालक समितिले अनुमोदन गरेको छ।

सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उक्त निर्णयमा हस्ताक्षर गर्दै प्राधिकरणका तर्फबाट सम्झौतामा हस्ताक्षर गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई अख्तियारी प्रदान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट