Techie IT
२०८३ असोज २१, बुधबार

सम्पत्ति शुद्धीकरणले हान्यो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा छापा मारेको छ। विभागको टोलीले जबरासहित उनका निकटस्थ व्यक्ति र नातेदारहरूको घरमा समेत एकसाथ खानतलासी तीव्र पारेको छ।

आज दिउँसो विभागको टोलीले राणा निकट मानिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतको घरमा पुगेर आवश्यक प्रमाण र कागजातहरू संकलन गरिरहेको छ। विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको हो।

त्यसैगरी, जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगी खानतलासी गरेको छ। राणाका निकटस्थ व्यक्तिहरूका घरबाट विभागले अनुसन्धानका लागि महत्त्वपूर्ण कागजातहरू बरामद गरेको बुझिएको छ।

स्मरण रहोस्, गत साता सरकारले सुरक्षा थ्रेट रहेको भन्दै पूर्वप्रधानन्यायाधीश राणालाई उनकै घरबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको थियो र उनको मोबाइल समेत खोसिएको थियो। यस घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो हलचल ल्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट