एनपीएल टिकट मूल्य: लिग चरणको न्यूनतम ५०० र फाइनलको १ हजार रुपैयाँ तोकियो
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले बहुप्रतीक्षित सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूका लागि टिकटको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको साधारण तथा प्रिमियम दुवैतर्फको टिकट दर निर्धारण गरिएको जानकारी गराउनुभएको हो।
क्यानका अनुसार लिग चरणका खेलहरूका लागि साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ भने इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ १ हजार रुपैयाँ र प्रिमियमतर्फ २ हजार रुपैयाँ मूल्य कायम गरिएको छ ।
आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको टिकट बिहीबार साँझदेखि नै खरिद गर्न सकिने क्यानले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस