Techie IT
२०८२ भाद्र १०, मंगलबार

त्रि.वि–अखिल (क्रान्तिकारी)बीच सहमति : आन्दोलन सफल, विद्यार्थीलाई शुल्कमा राहत


त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत अखिल (क्रान्तिकारी)बीच ३४ दिन लामो आन्दोलनपछि आज सम्झौता भएको छ।

अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला समितिले मानविकी तथा समाजशास्त्र संकायअन्तर्गतका चार केन्द्रीय विभागमा अध्ययन शुल्क एक्कासी बढाएर रु. १ लाख ८० हजार पुर्‍याइएको भन्दै आन्दोलन थालेको थियो। आन्दोलनमा अखिल (क्रान्तिकारी)का नेता तथा कार्यकर्ताहरुले रातदिन विश्वविद्यालयमा आन्दोल र आमरण अनसनमा बसेका थिए

आज त्रिवि प्रशासनसँग भएको वार्तापछि सम्झौता भएको हो। सम्झौता अनुसार अब विद्यार्थीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति र विकास अध्ययन विषयलाई रु. १ लाख १० हजार शुल्कमा अध्ययन गर्न पाउनेछन्।

अखिल (क्रान्तिकारी)का नेता चेतराज जोशीले आन्दोलन सफल भएको दाबी गरेका छन्। घटाइएको नयाँ शुल्क अहिलेकै दोस्रो सेमेस्टरदेखि लागू हुने बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट