Techie IT
२०८२ कार्तिक ८, शनिबार

जेन जी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरूप निजी विद्यालयहरूमा दुई दिन शोक बिदा


जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै निजी विद्यालयहरूमा आज (भदौ २४) र भोलि (भदौ २५) शोक बिदा दिइने भएको छ।

निजी विद्यालयसँग सम्बद्ध नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै शोक बिदा दिने निर्णय गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ– “देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ। विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ।”

संयुक्त विज्ञप्तिमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत

 गरिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट