Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

कक्षा १२ को मौका परीक्षा आजदेखि सुरु


कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बनेपछि स्थगित गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिनसम्म सञ्चालन हुनेछ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), एक विषयका परीक्षार्थीका सबै विषय, दुई विषयका परीक्षार्थीका लागि आफूले दिने विषयहरुमध्ये सानो कोड भएको विषयको परीक्षा हुनेछ। तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिनेले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।

बुधबार भने दुई विषयको परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। यो दिन अनिवार्य अंग्रेजीको परीक्षा रहने छैन। अंग्रेजीको परीक्षा पहिलो दिन अर्थात् असोज ७ गते नै तोकिएको हो।

सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट