करार शिक्षकमाथि मितव्ययिता नीतिको प्रभाव नपर्ने, शिक्षक कटौती नहुने

अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारको निर्णय अस्थायी तथा करार कर्मचारीमा लागू हुने भए पनि करार शिक्षकका हकमा भने लागू नहुने भएको छ।
अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको मितव्ययिता सम्बन्धी विज्ञप्तिको बुँदा नम्बर (५) अन्तर्गत ‘संगठन संरचना सुधार’ को बुँदा (ज) मा नेपाल सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करार कर्मचारी राख्न नपाइने उल्लेख गरिएको थियो।
तर स्थानीय तह र विद्यालयहरूले करार शिक्षकका बारेमा स्पष्टता मागेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो व्यवस्था शिक्षकको हकमा लागू नहुने जनाएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै उक्त बुँदा करार शिक्षकका हकमा आकर्षित नहुने स्पष्ट गरेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस