त्रिभुवन विश्वविद्यालयमा ९ पदमा नयाँ नियुक्ति
त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले विभिन्न पदमा ९ जनाको नयाँ नियुक्ति गरेको छ।
त्रिविको कानुन संकायको डिनमा डी.एन. पराजुली र परीक्षा नियन्त्रकमा लक्ष्मण पौडेल नियुक्त भएका छन्। त्यस्तै, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशकमा रामकृष्ण तिवारी, अनुसन्धान निर्देशनालयको निर्देशकमा यमबहादुर गुरुङ र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा विष्णु पाण्डे नियुक्त भएका छन्।
शिक्षा संकायका सहायक डिनमा अवतार सुवेदी, सह–परीक्षा नियन्त्रकमा कविराज पौडेल, सरस्वती क्याम्पसका प्रमुखमा ठाकुर वाग्ले, हेटौंडा वन क्याम्पसका प्रमुखमा यमबहादुर केसी र ललितकला विभागको प्रमुखमा अञ्जु कँडेल नियुक्त भएका छन्।
यी सबै पदमा दरखास्त आह्वान गरी सिफारिस समितिको मूल्याङ्कनका आधारमा नियुक्ति गरिएको त्रिविका रेक्टर खड्ग केसीले जानकारी दिएका छन् । उनका अनुसार विद्यार्थी कल्याण निर्देशक पदका लागि सिफारिस प्रक्रिया अझै बाँकी रहेकाले सो पदमा नियुक्ति रोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस