Techie IT
२०८३ असार ९, मंगलबार

वालेन सरकारको निर्णयलाई काठमाडौं महानगरको चुनौती


काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रसँगै विद्यालयहरूमा पठनपाठन पनि वैशाख १५ गतेबाटै सुरु गर्ने निर्णय गरेको छ। यससँगै संघीय सरकारले तोकेको वैशाख २१ बाट मात्र कक्षा सञ्चालन गर्ने निर्णयलाई महानगरले प्रभावकारी रूपमा अस्वीकार गरेको देखिएको छ।

महानगरको शिक्षा विभागले जारी गरेको सूचनाअनुसार, नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि नै लागू हुने गरी सबै विद्यालय र सरोकारवालाहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

महानगरले निर्णयको आधारका रूपमा सरकारको निर्देशन, काठमाडौं उपत्यकाका मेयरहरूको आग्रह, शिक्षक–कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव, साथै विद्यालय व्यवस्थापन समितिहरूको सुझावलाई उल्लेख गरेको छ।

यसअघि संघीय सरकारले वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरु गर्ने तर पठनपाठन भने वैशाख २१ गतेबाट मात्र सञ्चालन गर्ने निर्णय गर्दै स्थानीय तहहरूलाई पत्राचार गरेको थियो। काठमाडौं महानगरको पछिल्लो निर्णयसँगै शिक्षा क्षेत्रमा केन्द्र र स्थानीय तहबीच कार्यान्वयनको मतभेद देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट