Techie IT
२०८३ जेष्ठ २१, बिहीबार

निजीलाई टक्कर दिँदै सरकारी विद्यालय: यी हुन् ४ हजारभन्दा बढी विद्यार्थी भएका शीर्ष विद्यालयहरु


मुलुकभरका सामुदायिक विद्यालयहरूमध्ये ४ हजारभन्दा बढी विद्यार्थी संख्या भएका ठूला विद्यालयमा रूपन्देही जिल्ला अग्रस्थानमा देखिएको छ। देशभर ४ हजारभन्दा बढी विद्यार्थी संख्या भएका ९ वटा ठूला सामुदायिक विद्यालय रहेकामा ३ वटा विद्यालय रूपन्देहीकै मात्र छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा देशभरिमै सबैभन्दा बढी ८ हजार २ सय ३९ जना विद्यार्थी अध्ययनरत् छन्। रूपन्देहीकै तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माविमा ७ हजार १ सय २०, बुटवलकै कान्ति माविमा ६ हजार ३४ र नवीन औद्योगिक कदरबहादुर रीता माविमा ५ हजार ३ सय ४० विद्यार्थी रहेका छन्।

रूपन्देहीपछि काठमाडौँमा धेरै विद्यार्थी भएका सामुदायिक विद्यालय छन्। काठमाडौँ महानगरपालिकाको ज्ञानोदय माविमा ४ हजार ७ सय ४६ र विश्वनिकेतन माविमा ४ हजार ३ सय १ विद्यार्थी छन्।

यस्तै, अन्य जिल्लाका ठूला विद्यालयहरूमा धनुषाको जनता नमूना माविमा ६ हजार २ सय ६६, मोरङको सुकुना माविमा ४ हजार ६ सय ४२, भक्तपुरको वागीश्वरी माविमा ४ हजार १ सय ८५ र कपिलवस्तुको नेपाल आदर्श माविमा ४ हजार १ सय १४ विद्यार्थी रहेका छन्।

अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण (२०८२/८३) का अनुसार विद्यालय व्यवस्थापन, सबल नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण पछिल्लो समय सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण तीव्र रूपमा बढ्दै गएको हो। हाल देशभर परम्परागतसहित २७ हजार १० वटा सरकारी विद्यालय सञ्चालनमा छन्।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट