Techie IT
२०८३ भाद्र ९, मंगलबार

परीक्षा सकिएको ७ दिनमै नतिजा, बागमती विश्वविद्यालयको नयाँ कीर्तिमान


बागमती विश्वविद्यालयले तीनवटै संकाय अन्तर्गत सञ्चालित पहिलो सेमेस्टरको परीक्षा सकिएको सात दिनमै परीक्षाफल सार्वजनिक गरेको छ।

विश्वविद्यालयले गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउने लक्ष्यअनुरूप परीक्षा सम्पन्न भएको सातौँ दिनमै तीनवटै संकायको पहिलो सेमेस्टरको नतिजा सार्वजनिक गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टीज) का अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

उनका अनुसार विश्वविद्यालयले एक वर्षअघि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि र शिक्षा तथा सामाजिक विज्ञान संकायअन्तर्गत स्नातक तहको पठनपाठन सुरु गरेको थियो। हाल ती तीनै संकायको पहिलो सेमेस्टर परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

विश्वविद्यालयका अनुसार व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान संकायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट