कहिले हुन्छ एसईई नतिजा सार्वजनिक ?

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित कार्यतालिका अनुसार असार पहिलो साता नै नतिजा प्रकाशित हुनुपर्ने भए पनि, शिक्षकको आन्दोलनका कारण समय तालिका प्रभावित भएको हो ।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार, “शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । त्यसको असरले उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो । अब तेस्रो साताभन्दा अगाडि नतिजा सम्भव छैन ।”
हाल उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको र कर्मचारीहरू बिहानदेखि बेलुकासम्म खटेर मूल्यांकन तथा डेटा इन्ट्रीको काममा जुटिरहेको उनले जानकारी दिए । “केही ठाउँमा परीक्षण अझै चलिरहेको छ । सबै परीक्षण सकिएपछि इन्ट्री, रुजु, र त्रुटिहीन तयारीपछि मात्रै नतिजा सार्वजनिक हुनेछ,” भट्टराईले स्पष्ट पारे।
एसईई परीक्षा गत २०८० चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो । उक्त परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस