Techie IT
२०८३ जेष्ठ १९, मंगलबार

गोरखकाली रबर र भृकुटी कागज उद्योग चलाउन गण्डकी सरकारको पहल


संघीय सरकारको नीति तथा कार्यक्रम तथा बजेटमा पर्याप्त प्राथमिकता नपाएका गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना पुनः सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ।

मंगलबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गण्डकी सरकारले संघीय सरकारसँगको सहकार्यमा दुवै उद्योग पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो।

नीति तथा कार्यक्रममा, “गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ,” भन्ने उल्लेख गरिएको छ।

यी दुवै उद्योग सञ्चालन गर्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका क्रममा प्रमुख एजेन्डाका रूपमा अघि सारेको थियो। तर, सोहीअनुसार आवश्यक बजेट तथा कार्ययोजना भने संघीय सरकारले अघि बढाउन सकेको छैन। साथै, उद्योग पुनः सञ्चालनबारे संघीय र प्रदेश सरकारबीच ठोस समन्वयसमेत भएको देखिएको छैन।

यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारले संघीय सरकारसँग सहकार्य गरेर बन्द अवस्थामा रहेका यी उद्योग पुनर्जीवित गर्ने संकेत दिएको छ। यद्यपि, अघिल्ला वर्षका नीति तथा कार्यक्रमहरूमा समेत यी उद्योग पुनः सञ्चालनको विषय समावेश भए पनि कार्यान्वयनतर्फ उल्लेखनीय प्रगति हुन सकेको छैन। त्यसैले यसपटकको घोषणा व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्नेमा चासो बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट