Techie IT
२०८२ भाद्र ७, शनिबार

मनसुनमा पुदिनाको चिया पिउनुका यस्ता छन् फाइदाहरु


मनसुनको मुसलधारे पानी, माटोको सुगन्ध र एक कप तातो चिया, यी तिनको मेलले जुनसुकै दिनलाई पनि विशेष बनाइदिन्छ। तर यदि त्यस चियामा पुदिनाको ताजा स्वाद थपियो भने? स्वाद त बढ्छ नै, साथसाथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ।

विशेषगरी वर्षायाममा मौसमी संक्रमण र पाचनसम्बन्धी समस्या बढ्ने गर्छन्। यस्ता बेलामा पुदिनाको चिया एक प्राकृतिक र स्वादिलो उपचार हुन सक्छ। जानौँ, मनसुनमा पुदिनाको चिया किन र कसरी फाइदाजनक छ:

१. पाचन सुधार गर्छ
वर्षामा अपच, ग्यास र पेट दुख्ने समस्या आम हुन्छ। पुदिनामा रहेको मेन्थोलले पाचन प्रणालीलाई सहज बनाउँछ र पेटको गडबडी हटाउँछ।

२. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
पुदिनामा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । यसले रुघाखोकी, फ्लु र भाइरलबाट बचाउँछ।

३. टाउको दुखाइ र तनावमा राहत
पुदिनाको शीतल गुणले माइग्रेन वा टाउको दुखाईमा राहत दिन्छ। यसले दिमागलाई शान्त पार्दै तनाव घटाउने गर्दछ ।

४. छालालाई सफा र चम्किलो बनाउँछ
मनसुनमा छालामा दाग, एलर्जी र संक्रमण देखिन सक्छ। पुदिनाले शरीरको विषाक्त पदार्थ हटाउन सहयोग गर्छ, जसले छालालाई ताजा र स्वस्थ राख्न मद्दत गर्दछ ।

५. सास फेर्न सहयोग गर्छ
यदि तपाईं साइनस वा एलर्जीबाट पीडित हुनुहुन्छ भने पुदिनाको चिया निकै उपयोगी हुन सक्छ। यसको वाष्पले सास फेर्न सजिलो बनाउँछ।

६. मन र शरीरलाई ताजा बनाउँछ
पुदिनाको चिया पिउँदा शरीरमा चपलता आउँछ र मानसिक ताजगी मिल्छ, जसले दिनभर सक्रिय रहन सहयोग पुर्याउँछ।

कसरी र कहिले सेवन गर्ने?
पुदिनाको ताजा पात उमालेर त्यसमा अदुवा र कागती मिलाए स्वाद र गुणस्तर दुवै बढ्छ।
– बिहान खाली पेट
– वा बेलुकी खाजासँग
पुदिनाको चिया एक दिनमा एकपटक सेवन गर्नु उपयुक्त हुन्छ। तर, अत्यधिक सेवनले एसिडिटी बढ्न सक्छ।

गर्भवती महिला र नियमित औषधि सेवन गर्नेहरूले चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्नु उपयुक्त हुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट