Techie IT
२०८२ श्रावण २९, बिहीबार

आफ्नै बच्चा र ७ कुकुरलाई छाडेर दुई हप्तासम्म लस भेगासमा घुम्न जाने महिला पक्राउ


अमेरिकाको फ्लोरिडामा एक महिलालाई आफ्नै बच्चा र सात घरपालुवा कुकुरसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

द इन्डिपेन्डेन्टका अनुसार, ३७ वर्षीया जेसिका कोपल्यान्डले आफ्नो बच्चा र कुकुरहरूलाई घरमै छोडेर दुई सातासम्म लस भेगासमा आफ्नो जन्मदिन मनाइन्। घरबाट दुर्गन्ध आउन थालेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।

अधिकारीहरूले घरमा प्रवेश गर्दा भुइँभरि जनावरको मल र फोहोर छरिएको थियो। सातै कुकुर र एक बालकको अवस्था निकै नाजुक थियो। कुकुरहरू धेरै दिनदेखि खाना र पानी नपाएको जस्तो देखिन्थे। प्रहरीले सार्वजनिक गरेको तस्बिरमा कुकुरको करङ निस्किएको देखिन्छ।

कोपल्यान्ड २१ जुलाईमा लस भेगास प्रस्थान गरेकी थिइन्। केही मानिसहरू बीच-बीचमा उनीहरूको हेरचाहका लागि घर पुगे पनि अवस्था अत्यन्त खराब थियो। बालकको उमेर प्रहरीले खुलाएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट