Techie IT
२०८२ भाद्र ६, शुक्रबार

Health & Lifestyle

के पातलो मान्छे साँच्चै स्वास्थ्य हुन्छन त ?

स्वास्थ्य भनेको ‘पातलो’ हुनु मात्र होइन। यो तपाईं कति सक्रिय हुनुहुन्छ, तपाईंको आहार कस्तो छ र तपाईंको शरीर भित्रबाट कति बलियो छ भन्ने कुरामा भर पर्छ।


प्रायः मानिसहरू  यदि कोही पातलो छ भने ऊ स्वस्थ हुनुपर्छ भन्ने विश्वास गरिरहेका हुन्छन् ।

त्यसैगरी, यदि कोही अलिकति मोटो देखिन्छ भने मानिसहरू तुरुन्तै उसको स्वास्थ्य खराब हुनेछ भनेर अनुमान गर्छन्। तर के यो साँच्चै हो त ?

स्वास्थ्य तथा तौल विज्ञहरूका अनुसार शरीरको आकार वा तौल स्वास्थ्यको पूर्ण मापन नभएको बताउँछन् । स्वास्थ्य वास्तवमा हाम्रो जीवनशैली, खाने बानी र गतिविधि स्तरद्वारा निर्धारण गरिन्छ।

फिटनेस विशेषज्ञहरूका अनुसार धेरै पटक मानिसहरू पातलो देखिन्छ चाहान्छन् तर तिनीहरूको मांसपेशी बल, रोग प्रतिरोधात्मक क्षमता र ऊर्जा स्तर धेरै कम हुन्छ । यो अवस्थालाई ‘स्किनी फ्याट’ भनिन्छ, जसमा मानिस बाहिरबाट पातलो देखिन्छ तर भित्रबाट शरीरमा बोसो जम्मा हुन्छ र मेटाबोलिक स्वास्थ्य बिग्रन्छ।

स्वस्थ हुनुको पहिचान के हो ?

- रक्तचाप र चिनीको स्तर सामान्य हुनु,

- ऊर्जा स्तर दिनभर सक्रिय हुनु,

- बारम्बार बिरामी नपर्न बलियो प्रतिरोधात्मक क्षमता हुनु,

- सन्तुलित मानसिक स्वास्थ्य कायम राख्ने, तनाव र चिन्ता नियन्त्रण गर्ने,

- सन्तुलित आहार जसमा प्रोटिन, भिटामिन र खनिजहरू समावेश गर्ने,

यदि यी सबै कुरा सही छन् भने तपाईको तौल थोरै भए पनि तपाईलाई स्वस्थ मानिने छ ।

यसको मतलब तौल बढ्नु पूर्णतया सुरक्षित छ भन्ने होइन। विशेष गरी पेटको वरिपरि धेरै बोसो जम्मा हुँदा हृदय रोग, मधुमेह र उच्च रक्तचापको जोखिम बढ्छ। त्यसकारण, यो महत्त्वपूर्ण छ कि तपाईंले आफ्नो बडी मास इन्डेक्स र कम्मर–हिप अनुपातमा ध्यान दिनुहोस्।

वास्तविक स्वास्थ्य भनेको सन्तुलित शरीर, राम्रो खानपान र सक्रिय जीवनशैली हो। न त अत्यधिक पातलोपन, न अनियन्त्रित मोटोपन राम्रो हुन्छ। उचित व्यायाम, निद्रा र स्वस्थ आहारले जो कोही पनि फिट र स्वस्थ रहन सक्छ। उसको तौल अलि बढी भए पनि ।

स्वास्थ्य भनेको ‘पातलो’ हुनु मात्र होइन। यो तपाईं कति सक्रिय हुनुहुन्छ, तपाईंको आहार कस्तो छ र तपाईंको शरीर भित्रबाट कति बलियो छ भन्ने कुरामा भर पर्छ। त्यसो भए अर्को पटक कसैलाई हेरेर ‘तिमी पातलो छौ भने स्वस्थ छौ’ भन्न छाडनुहोस् । वास्तविक स्वास्थ्य आँखाले होइन, जीवनशैलीले निर्धारण गर्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट