Techie IT
२०८३ वैशाख १८, शुक्रबार

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण पुष्टि


File Photo

चितवन – स्क्रब टाइफस संक्रमणका कारण चितवनमा एक महिलाको मृत्यु भएको छ।

भरतपुर अस्पतालका अनुसार बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको शनिबार राति उपचारका क्रममा निधन भएको हो। अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले भदौ ४ गते अस्पतालमा भर्ना भएकी उनी छारे रोगबाट पनि पीडित रहेको जानकारी दिएका छन् ।

यसैबीच, चितवनमा स्क्रब टाइफस संक्रमितको संख्या बढ्दै गएको छ। जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ।

हालसम्म १,५३० जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। तीमध्ये चितवनका मात्र ५८ जना संक्रमित रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट