Techie IT
२०८२ मंसिर ७, आइतबार

ल्पामा स्क्रबटाइफसका कारण ११ वर्षीया बालिकाको मृत्यु


File Photo

पाल्पा । पाल्पामा स्क्रबटाइफस संक्रमणका कारण एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–१ की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार स्क्रबटाइफस संक्रमण पुष्टि भएकी बालिकालाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो।

ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि बालिकालाई रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो। तर अवस्था जटिल भएपछि थप उपचारका लागि तानसेन ल्याउँदै गर्दा मृत्यु भएको भट्टराईले जानकारी दिए।

रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्क्रबटाइफस साना कीराको टोकाइबाट सर्ने संक्रामक रोग हो। उनका अनुसार संक्रमित व्यक्तिमा उच्च ज्वरो, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी लाग्ने, वान्ता, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखापर्छन्। समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो लगायत भित्री अंग प्रभावित भई ज्यान जाने खतरा रहन्छ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार चालु वर्षमा मात्रै जिल्लामा २३८ जनामा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ। गत वर्ष (२०७८ सालमा) पाल्पामा २२५ जनामा संक्रमण पुष्टि भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट