Techie IT
२०८२ माघ २०, मंगलबार

स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नपाउँदा संस्थागत सञ्चालनमा समस्या


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारबाट स्वास्थ्य बिमाबापत करिब साढे ११ करोड रुपैयाँ भुक्तानी नपाउँदा संस्थागत सञ्चालनमा समस्या देखिएको जनाएको छ।

सरकारबाट प्राप्त हुनुपर्ने बिमा रकम समयमा नआउँदा प्रतिष्ठानको दैनिक तथा प्रशासनिक कामकाज प्रभावित हुँदै आएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताएका छन् । उनका अनुसार प्रतिष्ठानले भुक्तानी दाबी गरेको ११ करोड ५३ लाख रुपैयाँ अझै प्राप्त हुन बाँकी छ।

‘स्वास्थ्य बिमाबापतको रकम समयमा नआउँदा प्रतिष्ठानको प्रशासनिक व्यवस्थापनमा प्रत्यक्ष असर परेको छ। खर्च निरन्तर भइरहे पनि समयमा आम्दानी नहुँदा दबाब बढेको छ,’ उनले भने, ‘यद्यपि रकम नआएकै कारण नागरिकलाई प्रदान गरिने स्वास्थ्य सेवा भने रोकिएको छैन।’

रकम भुक्तानीका लागि पटक–पटक सम्बन्धित निकायसँग माग गरिएको भए पनि हालसम्म समयमा भुक्तानी हुन नसकेको प्रतिष्ठानले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट