Techie IT
२०८३ भाद्र ३०, मंगलबार

स्वास्थ्य बीमा सुविधा कटौती गरेको छैनः स्वास्थ्य बीमा बोर्ड


स्वास्थ्य बीमा बोर्डले बीमा सुविधाअन्तर्गत उपचार खर्च कटौती गरिएको भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले सूचना जारी गर्दै पाँच जनासम्मको बीमित परिवारले वार्षिक रूपमा पाउने एक लाख रुपैयाँ बराबरको कुल सेवा सीमा यथावत् रहेको स्पष्ट पारेको छ।

बीमा कोषको दिगोपन तथा सेवाको न्यायोचित व्यवस्थापनका लागि केही प्राविधिक परिमार्जन मात्र गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मितव्ययी र व्यवस्थित बनाउन पाँच जनासम्मको परिवारका लागि वार्षिक २५ हजार रुपैयाँको सीमा तोकिएको छ। प्रत्येक थप सदस्यका लागि पाँच हजार रुपैयाँको सीमा कायम गरिएको छ। परिवारले पाउने बाँकी रकम भने ओपीडी तथा आकस्मिक स्वास्थ्य सेवामार्फत पहिलेको जस्तै प्रयोग गर्न सकिने बोर्डले स्पष्ट पारेको छ।

विज्ञप्तिमा अनावश्यक तथा दोहोरो सेवा प्रयोग रोक्न र गम्भीर तथा जटिल प्रकृतिका रोगको उपचारका लागि स्रोत सुरक्षित राख्ने उद्देश्यले यो निर्णय गरिएको उल्लेख छ।

स्वास्थ्य बीमा कोषमा पर्न सक्ने वित्तीय संकट टार्न तथा जीवनरक्षात्मक उपचार सेवालाई प्राथमिकता दिन यो कदम चालिएको बोर्डले जनाएको छ। साथै, बीमितले आकस्मिक उपचार तथा अस्पताल भर्ना भएर लिने सेवामा कुनै असर नपर्ने स्पष्ट गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट