Techie IT
२०८३ असार २१, आइतबार

फेक रेस्क्यूको ठगी धन्दा: श्रृद्धि हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ


नेपालको पर्वतारोहण तथा पदयात्रा (ट्रेकिङ) क्षेत्रलाई विश्वस्तरमै बदनाम बनाउने ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) प्रकरणमा प्रहरीले थप एक नाइकेलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लाजिम्पाटस्थित श्रृद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक ४४ वर्षीय डा. गिर्वाणराज तिमिल्सिना रहेका छन्।

पर्वतको मोदी गाउँपालिका–२ घर भएका डा. तिमिल्सिनालाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा आइतबार पक्राउ गरिएको हो। प्रहरी अनुसन्धानका अनुसार यो गिरोहले राज्यका निकायलाई समेत गुमराहमा राखेर ठगी धन्दा चलाउँदै आएको थियो।

कसरी हुन्थ्यो ठगी धन्दा? 

मिलेमतो: डा. तिमिल्सिनाको हस्पिटल र विभिन्न रेस्क्यू फ्लाइट कम्पनीहरू (माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स र नेपाल चार्टर सर्भिस) बीच सेटिङ हुने गरेको थियो।

सरकारी कागजात किर्ते: उनीहरूले पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका आधिकारिक अभिलेखहरू सच्याई 'प्यासेन्जर एण्ड कार्गो म्यानिफेस्ट' को व्यहोरा नै किर्ते गर्ने गरेका थिए।

नक्कली मेडिकल रिपोर्ट: उद्धार गरिएका भनिएका विदेशी पर्यटकहरूलाई बीमा शर्त बमोजिम अनिवार्य अस्पताल भर्ना गरेको देखाउन नक्कली बिल, भर्ना-डिस्चार्ज रिपोर्ट र झुटा मेडिकल कागजात तयार पारिन्थ्यो।

राष्ट्रहित विरुद्धको अपराध यसरी तयार पारिएका नक्कली कागजातका आधारमा अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट मोटो रकम दाबी गरी हस्पिटल र रेस्क्यु कम्पनीले अवैध लाभ लिने गरेका थिए।

यस्ता घृणित गतिविधिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा नेपालको छवि धुमिल बनेको र राष्ट्रिय स्वाभिमानमा गम्भीर आँच पुगेको प्रहरीको ठहर छ। सोही कारण पक्राउ परेका तिमिल्सिनामाथि राष्ट्रहित विरुद्धको कसूर अन्तर्गत मुद्दा चलाएर विस्तृत अनुसन्धान सुरु गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट