Techie IT
२०८३ भाद्र ३०, मंगलबार

बीमा बिरामीलाई बाहिरबाट औषधि किन्न लगाउने अस्पताल कारबाहीमा पर्ने चेतावनी


स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गरिरहेका बिरामीलाई बीमा प्याकेजमा समावेश औषधि तथा सामग्री बाहिरका पसलबाट नगदमा किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी अस्पताल तथा स्वास्थ्य संस्थाले बीमित बिरामीलाई उपचारका क्रममा आवश्यक सेवा र औषधि बीमा प्याकेजभित्रै उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि केही स्थानमा बिरामीलाई बाहिरबाट औषधि किन्न लगाइएको गुनासो बढेपछि बोर्डले यस्तो चेतावनी जारी गरेको हो।

बोर्डका अनुसार यस्ता गतिविधि स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत हुने भएकाले तुरुन्त रोक्न निर्देशन दिइएको छ। बीमितले पाउने सेवामा समावेश औषधि तथा सामग्री सेवा प्रदायक स्वास्थ्य संस्थाले नै उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको बोर्डले स्पष्ट पारेको छ।

यस प्रकारको कार्य नगर्न र प्रचलित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक संस्थालाई बोर्डले आग्रह गरेको छ।

अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) अनुसार कारबाही गरिने बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साह द्वारा जारी पत्रमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट