शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै नेपाल सरकारको स्वास्थ्य बीमा योजना अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सुचारु भएको जनाएको हो ।
स्वास्थ्य बीमा बोर्डबाट पाउनुपर्ने शोधभर्ना रकम समयमै उपलब्ध नहुँदा अस्पतालले केही समययता बीमा कार्यक्रम स्थगित गरेको थियो । रकम भुक्तानीमा ढिलाइ भएपछि कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनको भनाइ थियो ।
केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रवीन्द्र भक्त तिमलाले सर्वसाधारणको सहजताका लागि ओपीडी सेवामा आधारित बीमा कार्यक्रमलाई पुनः निरन्तरता दिइएको जानकारी दिए । यो सेवा सुरु भएसँगै मुटुका बिरामीहरूले पुनः बीमा सुविधा उपभोग गर्न पाउने भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस