Techie IT
२०८३ भाद्र ९, मंगलबार

चीनबाट युरोपमा 'खेलौना' भन्दै नक्कली कन्डम तस्करी


युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोप भित्र्याउने एउटा ठूलो अन्तर्राष्ट्रिय सञ्जालको पर्दाफास गरेको छ।

ईयूको ठगीविरोधी कार्यालय (OLAF) का अनुसार रोमानिया, सर्बिया र स्पेनमा गरिएका विभिन्न छापा मार्ने क्रममा ती नक्कली कन्डमहरू बरामद गरिएको हो। विस्तृत अनुसन्धानपछि ती सामग्रीहरू चीनस्थित एक अवैध आपूर्तिकर्ता (सप्लायर) सँग सम्बन्धित रहेको पत्ता लागेको छ।

'खेलौना' को आवरणमा तस्करी
ओएलएएफका अनुसार तस्करीमा संलग्न गिरोहले भन्सार जाँच र सुरक्षा निकायबाट बच्नका लागि निकै चलाखीपूर्ण तरिका अपनाएका थिए। उनीहरूले ती कन्डमहरूमा अन्तर्राष्ट्रिय बजारमा स्थापित र प्रसिद्ध ब्रान्डको नक्कली लोगो प्रयोग गरेका थिए भने बाहिर प्याकेटमा 'खेलौना' भनी गलत लेबल लगाएका थिए। चिनियाँ अधिकारीहरूको सहयोगमा गरिएको अनुसन्धानपछि मात्रै यो संगठित सञ्जालको मुख्य स्रोत पत्ता लगाउन सफलता मिलेको हो।

ओएलएएफका महानिर्देशक पेटर क्लेमेन्टले नक्कली कन्डमहरू जनस्वास्थ्यका लागि अत्यन्तै घातक र जोखिमपूर्ण हुने चेतावनी दिएका छन्। उनले कुनै पनि प्रयोगशाला परीक्षण र गुणस्तर नियन्त्रण (Quality Control) बिना बजारमा ल्याइने यस्ता सामग्रीले यौनजन्य सङ्क्रमण (STDs) फैलाउने र अनावश्यक गर्भधारण रोक्न असफल हुने बताए।

यद्यपि, ओएलएएफले नक्कली कन्डम आपूर्ति गर्ने चिनियाँ कम्पनी वा यो अवैध सञ्जालमा संलग्न व्यक्तिहरूमाथि गरिएको कानुनी कारबाहीबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। यो विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट