Techie IT
२०८२ कार्तिक ३०, आइतबार

हमासले २० बन्धक जीवित राखेको पुष्टि, विपिन जोशीको अवस्था के छ ?


हमासले आफ्ना कब्जामा रहेका २० बन्धक जीवित रहेको पुष्टि गरेको छ। आइतबार वाल स्ट्रिट जर्नलले उल्लेख गरेअनुसार, हमासले ती बन्धकलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएको हो। तर, बन्धकहरूको नाम सार्वजनिक गरिएको छैन।

रिपोर्टका अनुसार, हमासले अरब मध्यस्थकर्तामार्फत इजरायललाई जीवित २० बन्धक रिहा गर्न तयार रहेको सन्देश पठाएको छ। आइतबार मध्यरातअघि नै ती बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको बताइएको छ।

इजरायलले यसअघि नै २० जना बन्धक जीवित रहेको र दुई जनाको अवस्था अज्ञात रहेको जनाएको थियो। साथै, अन्य २६ जनाको मृत्यु भइसकेको विश्वास इजरायली पक्षले व्यक्त गरेको छ। तर, हमासले यसबारे अघिसम्म कुनै टिप्पणी गरेको थिएन।

अन्तर्राष्ट्रिय रेड क्रस कमिटीका प्रतिनिधिलाई हस्तान्तरण प्रक्रियाको तयारीका लागि हमासले जीवित बन्धकहरूलाई एकै ठाउँमा भेला गर्न थालेको रिपोर्टमा जनाइएको छ। तर, नेपालका विपिन जोशीको अवस्था अहिले सम्म अज्ञात छ । कुनै पत्रिकाले विपिन जिवित रहेको बताइरहेका बेला हमासको विस जनाको लिष्टमा नपर्नुलाई पुन शंकाका दृष्टिकोणले हेरिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट