Techie IT
२०८२ पौष ४, शुक्रबार

अमेरिकामा ३० वर्षदेखि पिआरमा बस्दै आएका नेपाली पनि निष्कासनमा


अमेरिकामा स्थायी आवास अनुमति (पिआर) लिएर करिब ३० वर्षदेखि बस्दै आएका एक जना नेपाली नागरिक निष्कासनमा परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्ण पङ्गेनीका अनुसार पिआर नवीकरण हुन नसकेपछि निष्कासनमा परेका ती व्यक्ति बिहीबार मध्यान्ह नेपाल आइपुगेका हुन्।

उनका अनुसार बिहीबार मात्रै ७५ जना नेपाली नागरिक निष्कासनमा परेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको थियो। एसएसपी पङ्गेनीका अनुसार निष्कासनमा परेका ७५ जनामध्ये दुई जना भिजिट भिसामा गएर बसाइ लुकाएका थिए भने ७२ जना अवैध तवरले तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। निष्कासनमा परेकामध्ये ७२ जना पुरुष र तीन जना महिला रहेका छन्।

नेपाल फर्काइएका सबैलाई आवश्यक सोधपुछपछि सम्बन्धित स्थानतर्फ पठाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

ट्रम्पको दोस्रो कार्यकालपछि ४३९ नेपाली निष्कासन
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएयता हालसम्म ६६६ जना नेपाली नागरिक अमेरिकाबाट फर्काइएका छन्। त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता मात्रै ४३९ जना नेपाली नागरिक निष्कासनमा परिसकेको ब्युरोले जनाएको छ। 

निष्कासनमा परेर फर्किएका व्यक्तिहरूमध्ये तीन जनाले आफूलाई अमेरिका पठाउने गिरोहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन्। उक्त उजुरीका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट