Techie IT
२०८३ वैशाख २२, मंगलबार

दिल्लीमा के गर्दैछन् संयोजक प्रचण्ड


नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज साँझ भारतको नयाँ दिल्ली पुगेका छन्। उनी दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुने तयारीमा छन्।

नेपाली समाज भारतको आयोजनामा हुने उक्त कार्यक्रम सोमबार हुने छ। कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउने उद्देश्य राखेको नेपाली समाजका महासचिव आरबी खड्काले जनाएका छन्।

सचिवालयका अनुसार, संयोजक दाहालले कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यबारे समसामयिक सन्देश दिनेछन्।

दाहाल सोमबार साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट