Techie IT
२०८३ मंसिर ११, बिहीबार

अनुशासनको कारबाहीमा परे रास्वपा मकवानपुरका उपसभापति थापा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समितिले मकवानपुरका जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) लाई पदमुक्त गरेको छ ।

रास्वपा बागमती प्रदेश सदस्य राजु सुनारका अनुसार प्रदेश समितिको मंसिर १० गते बसेको बैठकले थापालाई उपसभापतिको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । गत जेठमा पाँच वर्षे कार्यकालका लागि जिल्ला उपसभापतिमा निर्वाचित भएका थापा छ महिना नपुग्दै पदमुक्त भएका हुन् ।

निर्णयपत्र अनुसार मकवानपुर जिल्ला समितिले थापामाथि कारबाहीका लागि प्रदेश समितिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रदेश समितिको पूर्ण बैठकले जिल्ला समिति र प्रदेश छानबिन समिति दुवैको प्रतिवेदनमाथि छलफल गरी उनलाई पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । उक्त निर्णयबारे पार्टीको केन्द्रीय संगठन विभाग र अनुशासन आयोगलाई समेत औपचारिक जानकारी गराइने प्रदेश सदस्य सुनारले बताए ।

पार्टीको निर्णयपत्रमा थापालाई पदमुक्त गरिनुको ठोस कारण भने खुलाइएको छैन । यद्यपि, मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद प्रकाश गौतमको सचिवालय सदस्यसमेत रहेका थापा आफ्नो कार्यशैली र व्यवहारका कारण यसअघि पटक–पटक विवादमा तानिँदै आएका थिए ।

गत वैशाखमा रास्वपाका हेटौँडा नगर सदस्य नरहरि चौलागाईंलाई गालीगलौज गरेको भनिएको थापाको अडियो सार्वजनिक भएको थियो । त्यस्तै, गत भदौमा कैलाश गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीलाई अदालत परिसरमै गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको गम्भीर आरोप थापामाथि लागेको थियो ।

उक्त घटनापछि गाउँपालिकाले थापामाथि कडा कारबाहीको माग गरेको थियो । तर, थापाले सोही दिन विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका थिए । पछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट