Techie IT
२०८२ माघ ६, मंगलबार

एनआरएनए मलेसियाको अधिवेशन ३०–३१ अगस्टमा, संस्थामा एकता पुनः स्थापना


गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन आगामी ३० र ३१ अगस्ट, २०२५ मा गर्ने सहमति जुटेको छ  । शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत भेला’ मार्फत अधिवेशनको मिति तय गरिएको हो ।

एनआरएनए मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारी तथा विभिन्न संघसंस्थाबीचको सहमतिपछि संस्था लामो समयदेखि चलिरहेको विवाद अन्त्य गर्दै एकताबद्ध बनेको हो।

आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेले अधिवेशनका लागि सदस्यता नविकरण तथा वितरण २१ जुलाईदेखि दुई सातासम्म खुला हुने र शुल्क २० रिङ्गेट हुने जानकारी दिए। उनले सबै पक्षलाई समेटेर संस्थालाई एकीकृत ढंगले अघि बढाउन आग्रह गरे।

भेलामा सहभागी नेताहरूले विगतका कटुता बिर्सेर सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। अध्यक्ष राकेश महतोको संयोजकत्वमा अधिवेशन समिति गठन गर्ने र भव्य रूपमा अधिवेशन सम्पन्न गराउने जिम्मा दिइएको छ।

उक्त सहमति पत्रमा मलेसियाका सबै प्रमुख संघसंस्थाले हस्ताक्षर गरेका छन्, जसले एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकताको सन्देश दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट