Techie IT
२०८३ असोज २६, सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीका लागि आवेदन आह्वान


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) ले लामो समयदेखि रिक्त रहेका विभिन्न मुख्य पदाधिकारी पदहरूको पदपूर्तिको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। प्रतिष्ठान ऐन, २०६८ बमोजिम शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदहरूमा योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको हो।

प्रतिष्ठानको कार्यकारी परिषद्बाट स्वीकृत "कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू (शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक) को छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३" अनुसार यो पदपूर्ति प्रक्रिया अघि बढाइएको प्रतिष्ठानले जनाएको छ।

संबंधित पदका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् भदौ ३ गते कार्यालय समयभित्र आफैँ उपस्थित भएर वा तोकिएको प्रक्रियामार्फत आवेदन पेस गर्नुपर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट