श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस