Techie IT
२०८२ असोज ३१, शुक्रबार

६ करोड ठगी आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा


सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन् । ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका अग्रवाललाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार बुधबार रिहा गरिएको हो ।

काठमाडौं प्रहरी परिसरले उनलाई साउन ५ गते टोखाबाट पक्राउ गरेको थियो । करिब १० दिनको अनुसन्धानपछि अदालतको अनुमति तथा आवश्यक परेको खण्डमा तुरुन्त उपस्थित हुनुपर्ने सर्तसहित उनलाई रिहा गरिएको प्रहरी परिसरले जनाएको छ ।

अग्रवालमाथि सेयर कारोबारको नाममा लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीहरूलाई ठगी गरेको आरोप छ । यसै विषयमा नेपाल धितोपत्र बोर्डले प्रारम्भिक अनुसन्धान गरी प्रहरीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।

उनीमाथिको ठगी आरोप धनुषा जनकपुर उपमहानगरपालिका–१ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–१० मा बसोबास गर्दै आएका ६० वर्षीय दिनेशप्रसाद साहले दायर गरेका हुन् । साहसँग करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए।

सेयर बजारमा 'आदर्श लगानीकर्ता' का रूपमा चिनिएका अग्रवालले आफूले पहिले नै खरिद गरिसकेको सेयरको प्रचार सामाजिक सञ्जालमार्फत गर्दै अरू लगानीकर्तालाई पनि खरिद गर्न प्रेरित गर्ने, मूल्य निर्धारण गरेर "यति पुग्छ" भन्ने झूटा आश्वासन दिने गर्थे । लगानीकर्ताले खरिद गर्न थालेपछि भने उनी आफैंले आफ्नो सेयर बिक्री गर्ने गर्थे ।

उनले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (TMS) खाताहरू सञ्चालन गर्दै, ती खातामार्फत आफैं खरिद र बिक्री गरेर कृत्रिम रूपमा सेयर मूल्य बढाउने गतिविधि गर्दै आएका थिए । मूल्य एक तहमा पुगेपछि ती सेयर विक्री गर्ने र मुनाफा उठाउने कार्य दोहोर्याइरहेका थिए ।

साथै, अग्रवालले अन्य व्यक्तिका TMS खाताहरू पनि आफैं सञ्चालन गर्ने, धितोपत्र ब्रोकरहरूसँग लिनुपर्ने रकम उठाउने तर तिर्नुपर्ने रकम नतिर्ने र एक व्यक्तिको खाता प्रयोग गरी अर्को व्यक्तिकोमा पैसा ट्रान्सफर गर्ने जस्ता कार्यसमेत गरेको उजुरी नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

धितोपत्र बोर्डले अग्रवालविरुद्ध अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट