Techie IT
२०८३ जेष्ठ १०, आइतबार

मानव बेचबिखनको आरोपमा एक युवक पक्राउ, पीडित उद्धार


मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा सखुवा प्रसौनी गाउँपालिका–५ निवासी २५ वर्षीय हिरा माझीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार माझीले एक महिलालाई प्रेम सम्बन्धमा पारेर विवाह गर्ने प्रलोभन देखाउँदै भारतको दिल्लीमा काम लगाइदिने भन्दै काठमाडौंबाट वीरगंज हुँदै भारत लैजान लागेका थिए। वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटनजिक सडकबाट उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

साथै प्रहरीले पीडित महिलाको उद्धार समेत गरेको छ।

हिरा माझीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट