धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप

धनुषाको विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैचामा बुधबार साँझ करिब सवा ८ बजे भारतबाट अवैध रूपमा ल्याइएका सामान नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा खटिएको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र केही स्थानीयवासीले सुरक्षा टोलीमाथि ढुंगामुढा गरेका थिए।
झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआर हतियारबाट ४ राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरीका केन्द्रीय सह-प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनाको क्रममा स्थानीयले केही तस्करीका सामान लुकाएका छन् भने सशस्त्र प्रहरीले एउटा मोटरसाइकल र केही किराना सामग्री नियन्त्रणमा लिएको छ। बरामद सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस