Techie IT
२०८२ भाद्र ५, बिहीबार

१२ जिल्लाका सिडियोहरू सरुवा, उपत्यकाका तीन जिल्लाका सीडीओमा कोको परे?


गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। बुधबार सचिवस्तरीय निर्णयबाट विभिन्न जिल्लामा कार्यरत १२ जना सीडीओहरूको सरुवा गरिएको हो।

सरुवा भएका मध्ये उपसचिव तहका अधिकृतलाई सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा लगायतका जिल्लामा खटाइएको मन्त्रालयले जनाएको छ। उनीहरूलाई मन्त्रालय तथा सो अन्तर्गतका निकायहरूमा समेत पदस्थापन गरिएको छ।

यससँगै उपत्यकाका तीन जिल्लाका सीडीओ पनि फेरिएका छन्। काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ भने ललितपुरमा सहसचिव सुमन घिमिरे खटाइएका छन्। भक्तपुरमा पनि नयाँ सीडीओको जिम्मेवारी तोकिएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, काठमाडौंका हालका सीडीओ ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा तानिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट