Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

सामाजिक सञ्जाल दुरूपयोग आरोपमा मंगलसिह प्रजालाई दुइदिन म्याद थप


सामाजिक सञ्जालको दुरूपयोग गरेको आरोपमा मकवानपुर, मनहरी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगलसिं प्रजा पक्राउ परेका थिए । उनी नेकपा (माओवादी केन्द्र) का नेता हुन् । 

प्रजाले सामाजिक सञ्जालमार्फत व्यक्ति तथा संस्थामाथि अमर्यादित अभिव्यक्ति पोस्ट गर्दै सार्वजनिक नैतिकता र शिष्टाचारमा आघात पुर्‍याउने, घृणा तथा द्वेष फैलाउने र चरित्र हत्या गर्ने गतिविधि गरेको आरोप लागेकाे छ।

उनीमाथि अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१० शंखमुलबाट पक्राउ गरेको साइबर ब्युरोले जनाएको छ। सामाजिक संजालमा माओवादी केन्द्र निकट नेता कार्यकर्ताहरुले प्रजाको गैरन्यायीक गिरफतारी भएको भन्दै तत्काल रिहाइ गर्न माग गरिरहेका छन् । 

यता, प्रजामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट