Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेल एक लाख धरौटीमा रिहा


विशेष अदालतले श्रृङ्खलाबद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले पौडेलसँग धरौटी माग्ने आदेश गरेको हो।

पौडेलमाथि केन्द्रमा कार्यरत रहँदा करिब १६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ। तर, यस आदेशका आधारमा मात्रै उनी थुनामुक्त हुने छैनन्। किनभने यसअघि दायर भएका अन्य भ्रष्टाचार मुद्दामा भने उनलाई थुनामा पठाउने आदेश भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट