Techie IT
२०८२ कार्तिक २२, शनिबार

गौर कारागारबाट फरार कैदीबन्दीलाई थप ५ वर्ष कैद सजाय गर्ने प्रहरीको चेतावनी


जेन–जी आन्दोलनको दिन रौतहटको गौरस्थित कारागार कार्यालयबाट फरार भएका कैदीबन्दीलाई प्रहरीले कडा चेतावनी दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार सार्वजनिक सूचना जारी गर्दै फरार कैदीलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो।

सूचनामा भनिएको छ, “फरार कैदीबन्दी सम्पर्कमा आएमा नजिकैको प्रहरी कार्यालय वा कारागार कार्यालय गौरमा जानकारी गराउन अनुरोध गरिन्छ। अन्यथा सम्पर्क नगरी फरार रहँदा कारागार ऐन २०१९ को दफा ४४ (१) बमोजिम थप ५ वर्षसम्म कैद सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ।”

प्रहरीले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्र बनाएको र यसमा सर्वसाधारणको सहयोग अत्यावश्यक रहेको जनाएको छ।

गत २४ भदौ राति गौर कारागारमा भएको झडपपछि २९१ कैदीमध्ये २७ बाहेक सबैजना फरार भएका थिए। अहिले कारागारमा ११२ जना मात्र रहेका छन्। प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीका अनुसार फरारमध्ये १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरी बुझाएको थियो। यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले ६८ जना कैदीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ भने अझै १७९ जना कैदी फरार छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट