Techie IT
२०८२ असोज ८, बुधबार

सुन्धारा कारागारबाट फरार दुई अभियुक्त पक्राउ


सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेका केशव प्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनीहरू भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा कारागारबाट फरार भएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको धापाखेलबाट उनीहरूलाई पक्राउ गरी पुनः कारागारमा बुझाएको छ ।

यसैबीच, सोही प्रकरणमा संलग्न अर्का प्रतिवादी टोपबहादुर रायमाझी स्वेच्छाले कारागारमा उपस्थित भएका छन् । उनलाई डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट